सुवासको मलाई हर्ने त्यो तिम्रो नजर

काठमाडौं । चार वर्षदेखि गायन क्षेत्रमा क्रियाशिल गायक सुबास चाम्लिङको ‘मलाई हेर्ने त्यो तिम्रो नजर’ बोलको गीत सार्वजनिक भएको छ । सङ्स् नेपाल युट्युव च्यानलमार्फत उक्त पप गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा जितेन लेप्चाको शब्द तथा संगीत रहेको छ । फडिन्द्र राईले एरेन्ज गरेको यो गीतको भिडियो रेकडिङ स्टुडियोमा सुट गरिएको छ । जहाँ स्वयम गायक देखिएका छन् ।

आधा दर्जन गीतमा आवाज भरिसकेका गायक चाम्लिङले भविष्यमा पाश्र्व गायनमा आफूलाई उभ्याउने बताएका छन् । बाल्यकालदेखि नै संगीतमा रुचि राख्ने गायक चाम्लिङ खोटाङमा जन्मिएका हुन् । हाल काठमाडौंमा संघर्षरत उनी विगत एक दशक देखि संगीतबाटै आफ्नो पहिचान बनाउनको लागि डटेर लागिपरेका छन् ।