भिडियोमा लोकेन, फिल्ममा किशोर उत्कृष्ट

काठमाडौं । लिम्बु भाषा, सस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७४’ मा म्युजिक भिडियोतर्फ लोकेन साँवा र फिल्मतर्फ किशोर सुब्बा ‘उत्कृष्ट निर्देशक’ घोषित भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न अवार्डमा लिम्बु फिल्मबाट आशिष लिङदेन ‘उत्कृष्ट नायक’, नेतीफुङ आङबुङ ‘उत्कृष्ट नायिका’, गोविन्द आङबुहाङ ‘उत्कृष्ट गायक’, मनु नेम्बाङ ‘उत्कृष्ट गायिका’, यासेली योङहाङ ‘उत्कृष्ट संगीत’, सागर केरुङ ‘उत्कृष्ट कथा’, पर्शुराम चौधरी ‘उत्कृष्ट सम्पादन’ र तिलक रिजाल ‘उत्कृष्ट छाया¬ंकन’ घोषित भए । त्यस्तै संस्कृतिमा आधारित फिल्ममा ‘ए सोमिमे’ले ‘उत्कृष्ट फिल्म’ र ‘भाषा’मा फिल्म ‘लुधुङकाई’ उत्कृष्ट बने ।

त्यस्तै म्युजिक भिडियोतर्फ, हाङपाल आङबुहाङ ‘उत्कृष्ट गीतकार’, मान तबेबुङ ‘नाजम’ ‘उत्कृष्ट गायक’, सुनिता थेगिम ‘उत्कृष्ट गायिका’, सविन तुम्बाहम्फे ‘उत्कृष्ट मोडल’, निशा पोमु ‘उत्कृष्ट महिला मोडल’, वीरेन्द्र भाट ‘विपिन’ ‘उत्कृष्ट सम्पादक’, रविन्द्र बराल ‘उत्कृष्ट छायांकार’ घोषित भए । फिल्म र म्युजिक भिडियो दुबैबाट गायक सुसन साम्सोहाङ ‘उत्कृष्ट भाषा गायक’ र घनेन्द्र नेम्बाङ ‘उत्कृष्ट संस्कृति नायक’ घोषित भए । जुरी अवार्डमा सेमिहाङ सिङगक ‘उत्कृष्ट नायक’ र रुपा आङबुहाङ ‘उत्कृष्ट नायिका’ बने । प्रदेश न. १ का अर्थमन्त्री इन्द्र आङबो मौसमले विजेतालाई अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा नायिका निशा पोमु, गायिका मनु नेम्वाङ, सुसन साम्सोहाङ लगायत सोम लामा, रोशन सुवेदीले आफ्नो प्रस्तुत दिएका थिए । फाल्गुनन्द लिङदेन फिल्मस्को आयोजना र किरात याक्थुङ चुम्लुङ बिर्तामोड शाखाको सह आयोजनामा भएको कार्यक्रममा संयोजक दिनेश लिङदेन, सह संयोजक पदम हुक्पा चोङबाङ र राजु घिमिरे थिए । अवार्डको निर्णायकमा उदय सुब्बा, शोभा खजुम, धनबीर साँवा थिए । अवार्डमा संगीतकार प्रेम पन्धाकलाई ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड दिइएको थियो ।