शिवको फिल्ममा छोरा शक्ति हिरो

काठमाडौं । लामो समयसम्म नेपाली फिल्ममा ‘हिरो’का रुपमा अभिनय गरेका अभिनेता शिव श्रेष्ठ छोरा शक्तिलाई ‘हिरो’का रुपमा डेब्यु गराउँदै फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बनाउने भएका छन् । केही दिन अघि उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा शिवले आफ्नो फिल्मको घोषणा गरेका हुन् ।

फिल्ममा दीपेश सापकोटाको निर्देशन हुनेछ । शिवका छोरा शक्ति लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् । शिव श्रेष्ठकै कथा र प्रस्तुति हुने फिल्ममा प्रभू श्रेष्ठ, नवराज विक खलनायकको भूमिकामा देखिँदैछन् । फिल्ममा प्रियंका कार्की, आयुष्मान जोशी, नरेन खड्का, वर्षा राउत, सन्जोग कोइराला, रेखा फागो, ध्रुव कोइराला र बसुन्धरा भूसाल र शिवानी गिरीको अभिनय हुनेछ ।

फिल्ममा शिवसँगै दिनेश दर्शनधारी, यशोदा राई निर्माता तथा सुनील कट्वाल, दिनेश थापामगर, खुम तामाङ, सुजन गौतम, रामनारायण शाह सह निर्माता छन् । काठमाडौं, मकवानपुर, जनकपुर, वीरगन्ज, संखुवासभामा खिचिने फिल्ममा अर्जुन पोखरेल, बसन्त सापकोटा र सन्तोष रजौरेको संगीत, कविराज गहतराज, वसन्त श्रेष्ठ, गोविन्द राई र कमल राईको नृत्य, रोशन भट्टराईको द्वन्द्व र सुसन प्रजापतिको छायांकन हुनेछ ।