बाँच्न सक्दिनमा सबिनको पीडा

काठमाडौं । गायक सबिन लिम्बुको स्याड भर्सनको गीत ‘बाच्न सक्दिन’ को भिडियो सार्वजनिक भएको छ । सबिनकै संगीत र समा लिम्बुको शब्द रहेको गीतमा प्रेम पीडा देख्न सकिन्छ ।

प्रकास धितालले निर्देशन गरेको भिडियोमा उर्मिला रायमाझी र यम तमुले फिचरिङ गरेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन छ ।