मस्को फेस्टिभलमा सुभाषको सिन्दुरको छायाँ

काठमाडौं । निर्देशक सुभाष गजुरेल निर्देशित सर्ट फिल्म ‘सिन्दुरको छाया (द भेरमिलियन्स स्याडो) रुसको मस्कोमा हुने २० औं अन्तर्रासष्ट्रय डिटेक्टिभ फिल्मस् महोत्सवमा नेपालबाट छनोट भएको छ । २३ अप्रिलदेखि २६ अप्रिलसम्म मस्कोमा हुने महोत्सवमा फिल्म सर्ट टीभी सिरिज विधाका लागि छानिएको हो ।

फेष्टिवलमा ७१ देशका ६ सय फिल्मस् पदर्शन हुदैछन् । घरेलु महिला हिंसा सम्बन्धी कथावस्तुमा आधारित यो फिल्म सुप्रिम म्युजिक एन्ड फिल्मस्को व्यानरमा निर्माण बनेको हो । फिल्ममा कृष्णबहादुर भट्टराई, सन्धरा सुनार, स्याम वस्नेतलगायतका कलाकारको अभिनय रहेको छ ।

राजुकुमार लामाको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको फिल्मलाई विश्वराम वस्नेत र कृष्ण भट्टराईले निर्माण गरेका हुन् ।