बेबी आइ लभ यु ट्रेलरमा प्रेम र पीडा

काठमाडौं । प्रेम, पीडा र रोदनको समिश्रण गर्दै फिल्म ‘बेबी आइ लभ यु’को ट्रेलर सार्वजनिक भएको छ । जेठ १८ गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा नवनायक सन्तोष खड्गी र नायिका पूजा तिवारीबिचको लभ, रोमान्स र र विछोडलाई देखाइएको छ । फिल्ममा शिव न्यौपाने प्रस्तुतकर्ता छन् भने जनक पाण्डे निर्देशक हुन् ।

फिल्ममा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडीलगायतको अभिनय छ । कार्टुुञ्ज क्रुको प्रस्तुती रहेको फिल्मको कान्छी मायालु बोलको गीत तथा भिडियो हिट भईसकेको छ । फिल्ममा सह निर्माताको रुपमा सृजना परियार र दुर्गा पाण्डे छन् । बिहीबार फिल्म युनिटले ‘कान्छी मायालु’ गीतमा कभर डान्सको बिटुडी डान्स ग्रुप र कभर गायक प्रितम सेञ्चुरीलाई जनही १–१ लाख रुपैंया प्रदान गरे ।