हैरान टिजरमा हँसाउने संवाद

काठमाडौं । विश्वकै कान्छो निर्देशकको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका निर्देशक सौगात विष्टको निर्देशनमा बनेको फिल्म ‘हैरान’को टीजर सार्वजनिक भएको छ ।कलाकारहरुको परिचय दिइएको टीजरमा विभिन्न कलाकारको कमेडी संवाद सुन्न सकिन्छ । फिल्म जेठ ४ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

डान्स फिभरको ब्यानरमा बनेको फिल्ममा मुक्ति घले, शिशिर घिमिरे, र डाक्टर वाईएल लामाको लगानी छ । फिल्ममा सरोज खनाल, गजित बिष्ट, सागर लम्साल ‘बले’, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निष्मा घिमिरे, आरोही शर्मा, एन्जल राईलगायतका कलाकारहरुको अभिनय छ । सम्झना पोखरेल कार्यकारी निर्माता रहेको फिल्ममा निरज कँडेल र नवराज उप्रेतीको छायांकन, प्रितम पाण्डेको सम्पादन र सत्यस्वरुपको संगीत छ ।