स्कूल ग्लोरी प्रतियोगीले देखाए प्रतिभा

काठमाडौ । ‘दोश्रो स्कूल ग्लोरी नेपाल २०१८’मा सहभागी १८ जना प्रतियोगीहरुले आफ्नो प्रतिभा देखाएका छन् । शनिवार राजधानीमा आयोजित ट्यालेन्ट राउण्डमा निर्णायक समक्ष उनीहरुले आफ्नो प्रतिभा देखाएका हुन् ।

नृत्य, गायन, चित्रकारिता तथा वक्तृत्वकला लगायतका प्रतिभा देखाउँदै प्रतियोगिहरु फाइनल तर्फ अगाडी बढेका छन् । निर्णायकको मत तथा पब्लिक भोटिङ्गबाट बैशाख २१ गते राजधानीमा विजेता घोषणा हुनेछन् । विजेताले नगद पुरस्कारका साथै ट्रफी, प्रमाणपत्र तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

देशभरका विद्यालयबाट सहभागी ३५ जना प्रतियोगिहरु मध्येबाट छानिएर १८ जना ट्यालेन्ट राउण्डमा पुगेका हुन् । विद्यालयहरुसँगको सहकार्यतामा अडिशन गरी प्रतियोगिहरु छनौट गरिने आयोजक संस्था जि ईलेभनका सचिव राजन दाहालले जानकारी दिए । ट्यालेन्ट राउण्डमा निर्णायकको रुपमा चलचित्र पत्रकार जिवन पराजुली, गायक रुद्र शमशेर जबरा र कोरियोग्राफर तथा ब्यूटिसियन शान्ति लिम्बु रहेका थिए ।