धमाधम खिचिँदै सानेको डोली

काठमाडौं । सामाजिक कथाबस्तुमा फिल्म ‘डोली’ यतिबेला धमाधम छायाँंकन भइरहेको छ । किरण नेपालीको लगानी रहेको यो फिल्मको छायांकन नुवाकोट, रारा, जुम्ला तथा काठमाडौंमा हुने निर्माण पक्षले बताएको छ ।

जय राम थापाको छायांकन रहने फिल्ममा किशोर खतिवडा, अर्जुन गुरुड, हिमवाला गौतम, नविनराज रेग्मी, शानिया खान, संगिता नापित, सतिस खत्री तथा वीरेन डिसी लगायतका कलाकारको अभिनय रहेको छ । बिरंगना, बृन्दाबन,पाठशाला,लाटी लगायतका फिल्म निर्देशन गरिसकेका निर्देशक सानेले डोलीको कथा आफै लेखेका हुन् ।

फिल्ममा सि डि बिजय अधिकारी,राजकुमार बगर र बाबुल गिरीको संगित रहेको छ भने मेलिना राई , अनुष्का पाठक,सि डि बिजय,मनिसा राई र युवराज चापगाईको स्वर रहेको छ । राम जि लामिछानेको कोरियोग्राफ रहने डोलीको ३५ दिने छायांकन सेड्युल बनाईएको छ । राजबहादुरको निर्देशनमा तयार वीरंगना असार २९ मा रिलिज हुँदैछ ।