हिरो रिटर्नसको गीतमा सरप्राइज आँचल

काठमाडौं । वैशाख २८ को पूर्व निर्धारित रिलिज मितिलाई सारेर जेठ अन्तिममा रिलिजको तयारीका साथ ‘हिरो रिटन्र्स’को शीर्ष गीत सार्वजनिक भएको छ । यो फिल्मका निर्माता भीम न्यौपानेकै लगानीमा बनेको अर्को फिल्म ‘सुनकेसरी’को रिलिज रिलिज नजिकिने भएकाले नायक सबिन श्रेष्ठ अभिनित फिल्म ‘हिरो रिटन्र्स’को रिलिज सरेको हो ।

कार्यकारी निर्माता चन्द्र गौतमले गीत रिलिजसँगै फिल्मको पब्लिसिटी सुरु भएको बताए । सार्वजनिक गीतमा अभिनेता सविन श्रेष्ठसँगै अभिनेत्री आँचल शर्मा मुख्यतः फिचर छन् । गीतमा आँचललाई बोल्ड अवतारमा प्रस्तुत छिन् ।  टंक बुढाथोकीको शब्द तथा संगीतमा तयार भएको गीतमा स्वर टंकसँगै मनिषा पोखरेलको छ । हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । सम्पादन मित्र डि. गुरुङको छ ।

आशिष भेटवालको निर्देशनमा बनेको फिल्ममा मदन कस्यप घिमिरेले छायांकन छ । भीमसँगै अमित श्रेष्ठ निर्माता रहेको फिल्ममा टंकसँगै दीपक शर्माको संगीत, चन्द्र पन्तको द्वन्द्व छ । फिल्ममा प्रस्तुतकर्तासमेत रहेका सविन र रेखासँगै दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर इकु, सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण थापा, लक्ष्मी गिरीको अभिनय छ ।