तस्बिरमा यस्तो छ रणवीर

काठमाडौं । फिल्म ’रणवीर’ को यतिबेला धनगढी, महेन्द्रनगर लगायतका सुदुरपश्चिमको रमणीय स्थानमा धमाधम छायांकन भइरहेको छ । एक्सन, सस्पेन्स र थ्रिल मिश्रित फिल्मको झन्डै ६५ दिनको छायांकन उपत्यकामा सकिएपछी निर्माण युनिट त्यहाँ पुगेको हो । फिल्म युनिटले फिल्मका केही सुटिङका तस्बिर सार्वजनिक गरेको छ ।

फिल्मले महेन्द्रनगरको छायाँकन लगभग सकाएको छ भने धनगढी, घोडाघोडी ताल लगायतका रमणीय स्थलमा छायाँकन अझै बाँकी छ । फिल्मका कलाकार सुशील सिटौला, सुपुष्पा भट्ट, हरिहर शर्मा, जगदीश रिजाललगायतको छायांकन भईरहेको छ ।

शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर बनिरहेको फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । फिल्म ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । फिल्ममा प्रशान्त ताम्राकार, सुशील सिटौला, सुपुष्पा भट्ट, टिका पहाडी, रवी गिरी, नरेश पौडेल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट र शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत मोडल शुभेच्छा खड्का फिल्ममा डेब्यु गर्दैछिन् ।  महेश पौडेलको छायाँकन रहने फिल्ममा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत छ । गम्भिर विष्ट र सुरेन बसेलले कोरियोग्राफी गरिरहेका छन् ।