टुट्यो कविर–मरिष्काको प्रेम !

काठमाडौ । वैशाख २८ गते रिलीज हुने नेपाली फिल्म ‘लम्फू’को विछोडको गीत सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वरमा रहेको ‘तिमीलाई भुलेर’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा युवराज सापकोटाका शब्द रहेका छन् । गीतमा नायक कविर खड्का र नायिका मरिष्का पोखरेलको टुटेको प्रेमलाई देखाइएको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

फिल्मका निर्देशक गोपालचन्द्र लामिछानेले यो गीतको प्रसंग फिल्ममा आउँदा दर्शक भावुक बन्ने बताए । फिल्ममा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । मानिससँग समय शत्रु भएपछि जीवनमा आउने घटनाक्रमहरु यो फिल्ममा पाईने निर्माता शक्तिबल्दभ घोरासैनीले बताए ।

फिल्ममा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । फिल्ममा तरकारीवालीको नामले परिचित कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।