कान्छीको जवानीमा चम्किँदै चुँडामणि

काठमाडौं । लोकदोहोरी मोडलिङ क्षेत्रमा कहलिएकी मोडल रिना मगर नयाँ गीत ‘कान्छीको जवानी’मा आफ्नो जवानी देखाउँदै आएकी छन् । गायक चुँडामणि मगर र पुर्णकला बिसीले गाएको ‘कान्छीको जवानी’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । जसमा रिनासँगै विक्रम चौवनले रोमान्स गरेका छन् ।

‘कान्छीको जवानी’ यस्तो लोकदोहोरी गीत हो, जसले पछिल्लो डान्सिङ ट्रेण्डले पछ्याएको छ । गायनमै केही गरौं भन्ने उद्देश्यले यस क्षेत्रमा संघर्षरत चुँडामणिको यो पछिल्लो गीत हो । यस गीतका लागि निकै मिहिनेत गरेको उनले बताए ।  मोडलजस्तै देखिने गायक चँुडामणिले आफ्नो गीत तथा भिडियो रिलिज गरेपछि भने, ‘यो गीतबाट भने निकै आशा गरेको छु ।’ उदयपुरका यी गायकलाई साथ दिने पुर्णकला लोकगायनमा चलेकी नाम हो । जसले चुँडामणिलाई ‘प्लसप्वोइट’ भएको छ ।

‘कान्छीको जवानी’ बोलको यस गीतलाई चक्र कार्की र कमल सरोबरले लेखेका हुन् । उनीहरुले शब्दमा ग्ल्यामरता मिसाएर लोकदोहोरीलाई ‘आइटम नम्बर’ बनाउने प्रयास गरेका छन् । युवराज केसी ‘वर्षात’को संगीत रहेको यस गीतको भिडियोलाई विक्रम चौवनले निर्देशन गरेका हुन् भने छायांकन बसु बरालको रहेको छ । बि. स्टार फिल्मले बजारमा ल्याएको यस भिडियोलाई मिलन बिक र रमित वलीले सम्पादन गरेका हुन् ।