आधुनिक गायनमा कलाकारका गीत

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले भैरहवामा आयोजना गरेको ‘आधुनिक गायन प्रस्तुति २०७५’मा विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका छन् । कार्यक्रममा राष्ट्रियस्तरका सुगम संगीतका गायकगायिकाहरुले आफ्नादेखि अग्रज कलाकारसम्मका कालजयी गीत संगीत प्रस्तुत गरेका थिए ।  कार्यक्रममा सुगमसँगीतसँगै देशभक्ति सुृगम सँगीत, देखि विभिन्न भाषाभाषिका गीतहरु कलाकारले प्रस्तुत गरे । भैरहवाको होटल पौवामा सो साँगीतिक कार्यक्रममा स्थानीय एक हजार भन्दा बढी दर्शक सहभागी भएका थिए ।

सांगीतिक कार्यक्रममा गायिका निशा देशार, टिका प्रसाई, मनिषा पौडेल, आकाँक्षा भण्डारी, रुपा चौधरी, तेजु अर्याल, गायकहरु सञ्जय तुम्रुक, मनोहर सुनाम, अर्जुन मिश्र, श्रीनिवास चौधरी, राजु दर्लामीलगायतले आफ्ना चर्चित गीतहरु कार्यक्रममा प्रस्तुत गरे । कार्यक्रममा अग्रज गजलकार बुँद राना, यस्ता सँगीतिक कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारलाई जोड्दै आधुनिक सँगीतको विकाशमा प्रवर्धनको काम गर्ने भनाई राखे ।

सृजनशिल हातहरु बागेश्वरी, संगीतालय बुटबल र भैरहवा कलाकेन्द्रको सहकार्यमा सम्पन्न सो साँगीतिक कार्यक्रम करिब तीन घन्टा गीतसंगीतमय भयो । भैरहवाका दर्शकले सुगम आधुनिक देखि आफ्नै विभिन्न भाषा भाषिका गीतबाट मनोरञ्जन लिए । राष्ट्रिय स्तरका कलाकारद्धारा प्रस्तुत गरिएका चर्चित गीतमा दर्शकहरु नाच्नसमेत पछि परेनन् । नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको आध्यक्षतामा भैरहवामा शुक्रबारसम्पन्न सो आधुनिक गायन कार्यक्रममा तीन घन्टासम्म दर्शकले आधुनिक गीत, स्थानीय भाषाभाषीका गीतबाट मनोरञ्जन लिए ।