पुनः आमा बन्दै ऐश्वर्या

मुम्बई(एजेन्सी) । बलिउड नायिका ऐश्वर्या राय बच्चन आगामी वर्ष फिल्म ‘फन्ने खां’मा देखिँदैछिन् । उनको आगामी बन्न लागेको फिल्मको विषयलाई लिएर चर्चा परिचर्चा शुरु भईसकेको छ । उनी अहिले दमदार भूमिकाको खोजीमा छिन् । तर पनि कुनै त्यस्तो दमदार भूमिकावाला फिल्म हातमा पार्न सकेकी छैनन् ।

केही बलिउड फिल्ममा आमा बनेकी ऐश्वर्या फेरी त्यही आमा बन्ने लाइनमा आफूलाई पु¥याएकी छन् । समाचारअनुसार उनलाई एक नयाँ फिल्ममा सञ्जय दत्तको आमाको भूमिकामा अभिनयको प्रस्ताव गरिएको छ । यो फिल्म सन् १९६७ मा रिलिज फिल्म ‘रात और दिन’को कथा जस्तो हुनेछ ।

सत्येन बोस निर्देशित यो फिल्ममा प्रदीप कुमार, नरगिस र फिरोज खानले अभिनय गरेका थिए । समाचारअनुसार यो फिल्म डार्क थ्रिलरको हुनेछ । यो फिल्ममा अभिनयको लागि ऐश्वर्याले कुनै ग्रिन सिग्नल दिएकी छैनने । फिल्म ‘रात और दिन’ निकै चलेको थियो । जहाँ नगगिरसले उम्दा अभिनय गरेकी थिइन् ।

गत वर्ष ऐश्वर्या ‘ऐ दिल है मुश्किल’मा देखिएकी थिइन् । फिल्ममा उनको अभिनय निकै रुचाइएको थियो । अहिले फेरी उनी फिल्मको सेटमा फर्किएकी छन् । उनी यतिबेला ‘फन्ने खां’को सुटिङमा व्यस्त छिन् । यो फिल्ममा ऐश्वर्याको लुक्स पनि सार्वजनिक भइसकेको छ । तस्वीरमा उनी कालो डेनिम, हाइ हिल र कर्ली कपालमा देखिएकी छन् । उनको यो लुक्स ‘ऐ दिल है मुश्किल’सँग मिल्दोजुल्दो छ । दुवै फिल्ममा उनको अपोजिट कम उमेरका हिरो छन् । फिल्म ऐ दिल है मुश्किल’मा उनको रणवीर कपुरसँग र ‘फन्ने खां’मा उनी राजकुमार रावसँग जोडी बनेकी छन् ।