शिरफूलकी मरिष्कालाई १० लाखको नजर

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘शिरफूल’को शीर्षगीत ‘शिरैमाथि शिरफूल’ लाई युट्युबमा १० लाख बढी पटक हेरिएको छ । नायिका मरिष्का पोखरेल र फिल्मका निर्देशक कमल एक्चै मगरको अभिनय रहेको गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर छ भने राजु थापाको शब्द, देवराज आलेमगरको संगीत छ ।

मगरस क्रियशन इन्भेष्टमेन्ट कम्पनी र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुति रहेको शिरफूलको निर्माता आर्शिवाद पुन मगर रहेका छन् । फिल्मको टेलर पनि छिट्टै नै सार्वजनिक गरिने र विश्वका विभिन्न देशहरुमा च्यारिटिको अन्तिम तयारीमा रहेको शिरफूलले स्वदेशको प्रदर्शनको लागि मिति चाँडै सार्वजनिक गरिने निर्देशक मगरले जानकारी दिए ।

बढ्दो आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको विविध खाले विकृतिलाई उजागर गर्दै त्यसको निराकरण पहिल्याउन सहयोग पुग्ने विषयवस्तु, विशेषगरी नयाँ पुस्तामाझ प्रेम, मौलिकता तथा कला संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दो विकृतिसँगै यसबाट समाजमा देखिएको नकारात्मक प्रभावको चित्रण गरिएको फिल्म नेपाली दर्शंकको लागि एक उत्कृष्ट मौलिक चलचित्र बनेकोले दर्शकहरुले मन पराउने विश्वास निर्माताले लिएका छन् ।