सिमा पारीमा के भयो ऋचालाई ?

काठमाडौं । गायक पवन थिङको स्वरमा तयार भएको ‘सिमा पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत गायक थिङको केही अघि सार्वजनिक भएको एकल गीति एल्बम ‘फ्लाई’ मा समावेश छ । गायक थिङले आफ्नै आधिकारिक यूट्युब च्यानल ‘पवन थिङ’ मार्फत उक्त भिडियो सार्वजनिक गरेका हुन् ।

गायक थिङकै शब्दको उक्त गीतमा सुसन लामाको संगीत निर्देशन छ । दिपेश प्रधान उक्त गीतका संगीत संयोजक हुन् । पासाङ योञ्जनको निर्देश्ँनमा तयार भएको म्युजिक भिडियोमा अभिनेत्री ऋचा शर्माले अभिनय गरेकी छिन् । गायक थिङले अभिनेत्री शर्मालाई अभिनयमा साथ दिएका छन् । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।

यस्तो छ भिडियो: