पण्डित बाजेको लौरीमा रोमान्टिक प्रविण

काठमाडौं । एउटा सानो गाउँभित्र पण्डित्याईको भिन्न भिन्न काम गर्ने पण्डितहरुको कथामा निर्माण गरिएको फिल्म ‘पण्डित बाजेको लौरी’को टिजर सार्वजनिक भएको छ । दीपक ओली निर्देशित फिल्मले वादी जातिको कथालाई प्रस्तुत गरेको छ ।

टिजरले फिल्ममा विजय बराल ‘वादी’ र सन्ध्या केसी ‘वदेनी’ (स्थानीय भाषामा वादी समुदायको स्त्रीलाई गरिने सम्बोधन) भूमिकामा रहेको बुझाएको छ । निर्देशक ओलीले तल्लो जात भनेर हिपिने वदिनी र समाजको ठूलो जात पण्डितबीचको सम्वन्धलाई पनि फिल्ममा देखाइएको बताए ।

अधृत फिल्मस्को व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारीलगायतको अभिनय छ ।

फिल्ममा महेश दवाडीको कथा र पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ । फिल्म साउन ४ गते रिलिज हुनेछ ।