केशवको यात्रामा जोडिए सुशिल

काठमाडौं । फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’ को छायांकन मंगलबारबाट शुरु भएको छ । केही समय अघि फिल्म घोषणा हुँदा एक्लो निर्माताका रुपमा देखिएका केशव भट्टराईसँग अर्का निर्माता सुशिल पोखरेलले सहकार्य गरेपछि मंगलबारबाट फिल्मको छायांकन शुरु भएको हो ।

राजधानीको कमलादीमा रहेको गणेस्थानमा भएको पुजा कार्यक्रममा मंगलबार निर्माता केशव भट्टराई र सुशील पोखरेल, निर्देशक सम्राट शाक्य, कलाकारहरु सलिनमान बनिया र सलोन बस्नेत, छाँयाकार सञ्जय लामा सहभागी थिए । फिल्मको मंगलबार गणेस्थान वरपर र गहनापोखरी वरपर छायांकन गरिएको थियो ।

फिल्ममा सलिनमानसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्माको अभिनय छ ।

कोटकी कालिका देवी फिल्म्स् र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् ।