निष्मासँग गजितको जुनका कुरा

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘हैरान’को नयाँ गीत ‘दाग छैन अब जुनमा अब’ सार्वजनिक भएको छ । गीतमा चन्द्रमणि भट्टराईको शब्द, किरण कँडेलको संगीत र युवराज चौलागाई, इन्दिरा जोशी र अभिनेत्री निश्मा घिमिरेको स्वर छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । गीतमा निश्मा र गजित विष्ट देख्न सकिन्छ ।

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्मलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । डेब्यु फिल्म ‘लभ यु बाबा’मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यो फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, शिशिर भण्डारी, एन्जल राई, आरोही शर्मालगायतको अभिनय रहेको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री छिन् । फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट, द्वन्दमा चन्द्र पन्त, संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठ छन् ।