काठमाडौं । गायक आयुष मगरको गीत ‘कान्छी’ सार्वजनिक भएको छ। आयुषकै संगीत रहेको गीतमा टेकेश भण्डारीको शब्द र उदयराज पौडेलको संगीत संयोजन छ ।
गीतको भिडियोमा आयुष मगर, भगिशा मगर, गोविन्द राई, विवेक रोका, कमल बुढाथोकी, सन्तोष बुढा मगर, सरोज बुढा मगर र विजय बुढा मगरको अभिनय छ ।भिडियोको नृत्य निर्देशन तथा पटकथाकार गोविन्द राई हुन् । छायांकन तथा निर्माण एनवाइसी नेपाली लाइफ स्टाइल प्रोडक्सनले गरेको हो ।
भिडियोको सम्पादन तथा रङ संयोजन बिजेश पौडेलले गरेका छन् भने पोस्ट–प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको छ। भिडियो गायक मगरको युट्युव च्यानल आयुष मगरमार्फत सार्वजनिक गरिएको हो ।







