काठमाडौंमा धमाधम चौका दाउ

काठमाडौं । एक साता अघिबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा फिल्म ‘चौका दाउ’को धमाधम छायाँकन भईरहेको छ । संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको यो फिल्ममा परिकल्पना, कथा र संगीत छ । उनले यअसघि आठ फिल्ममा कथा लेखिसकेका छन् । पुर्णेन्दु झाको निर्देशन रहेको फिल्मको छायांकन जेठ अन्त्यमा सकिनेछ ।

सौर्य प्रोडक्सनको व्यानरमा निर्माण भइरहेको फिल्ममा मनोज राजभण्डारी र सौर्यजीत बासकोटाको लगानी छ । फिल्ममा ‘ए मेरो हजुर २’मा सहअभिनेता भनेका अजस्र ढुंगाना र वर्षा राउत जोडी बनेका छन् ।

फिल्ममा विल्सनविक्रम राई ‘तक्मे बुढा’, रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, वर्षा राउत, अजस्र ढुँगाना, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा र सागर सिग्देलको अभिनय छ ।फिल्ममा दीर्घ गुरुङको छायांकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत छ ।