लालिमा टिजरमा रोशनीको पीडा

काठमाडौं । आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को टिजर सार्वजनिक भएको छ । टिजर ओएसआर युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो ।

टिजरमा फिल्मकी शीर्ष नायिका रोशनी कार्की एकल फिचर्ड छन् । उनलाई कोठाभित्र मानसिक समस्यामा परेर छट्पटाइरहेको देखाइएको छ । टिजरमा फिल्मको कथा सस्पेन्स राखिएको छ ।

फिल्मका लेखक तथा निर्देशक रोशन मिराजका अनुसार यो फिल्म ३ हजार यौनकर्मीको अनुभवमा आधारित घटनामा बनेको हो । फिल्ममा रोशनीसहित शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय छ ।

फेथ आस्थाले निर्माण गरेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् ।