दि कर्मामा भित्रिए तीन कलाकार

काठमाडौं । भदौमा रिलिजको तयारीमा रहेको फिल्म ‘दि कर्मा’मा कलाकार बुद्धि तामाङसहित नायिकाद्वय नीता ढुंगाना र परमिता राज्यलक्ष्मी राणा भित्रिएका छन् । हाल पोष्टप्रोडक्सनमा रहेको फिल्मको निर्माण पक्षले यो गोपनियता बाहिर ल्याएको हो ।

फिल्मका निर्माता जयराज रायले फिल्ममा भारतका मोडल तथा कलाकार करण वर्माको पनि प्रमूख अभिनय रहेको बताए । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको यो फिल्म देवकुमार श्रेष्ठको निर्देशन छ ।

जय मिडिया म्यानेजमेन्टको ब्यानरमा बनेको फिल्मको छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्किममा गरिएको छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन छ । जय राज राय र निशा खतिवडा निर्माता रहेको यो फिल्म नेपाली र हिन्दी भाषामा बनेको छ ।