डेडपूल २ सँग शाहरुखको यस्तो सम्बन्ध

मुम्बई(एजेन्सी) । हलिउड फिल्म ‘डेडपूल’को दोस्रो संस्करण भारतमा शुक्रबारबाट रिलिज भएको छ । विश्वका दर्शकजस्तै बलिउडका दर्शकलाई प्नि रयान रेनाल्ड्सको यो फिल्मको व्यग्र प्रतिक्षा थियो । यो फिल्मको बलिउडसँग विशेष सम्बन्ध पनि छ । फिल्मको हिन्दी भाषामा रणवीर सिंहले डब गरेका छन् । तर कमैलाई मात्र थाहा होला, यो फिल्ममा शाहरुख खान पनि जोडिएका छन् ।

फिल्मको दोस्रो भागमा एक कैब दृश्य छ । यसमा शाहरुखको फिल्म ‘स्वदेश’को गीत ‘ यूं ही चला चल’ सुनिन्छ । आशुतोष गोवारिकरले निर्देशन गरेको शाहरुखको फिल्म सन् २००४ मा रिलिज भएको थियो । गीतमा एआर रहमानको संगीत थियो । फिल्मको पहिलो संस्करणमा राज कपुरको फिल्म ‘श्री ४२०’को गीत ‘मेरा जूता है जापानी ये पतलून’ बजेको थियो ।

‘डेडपूल २’को निर्देशन डेविड लीचले गरेका छन् । फिल्ममा जोश ब्रोलिन, मोरेना, जूलियन डेनिसन, टीजे मिलर र जैक केसीको अभिनय छ ।