ध्रुवको प्रेममा कम्फ्युज सारिका

काठमाडौं । नायिकाबाट गायिका बनेकी सारिका घिमिरेको स्वरमा रहेको नयाँ गीत ‘कन्फ्यूजन’ सार्वजनिक भएको छ । गायक ध्रव विश्कोले सारिकालाई आफु प्रतिको प्रेमको कन्फ्युजन हटाउन आग्रह गरेका छन् ।

अभिनास थापाको शब्द, ध्रुव र सारिकाको स्वर रहेको गीतमा भीम विसीको संगीत छ । भिडियोमा चपुर हिरोज क्रु, केवीका खत्रीसँगै सारिका र धु्रव्रले पनि फिचरिङ गरेका छन् । राज खत्रीको निर्देशन रहेको गीतको भिडियोमा जनकराज अधिकारीको छायांकन छ ।