प्राश्नाको सांगीतिक प्रियतम

काठमाडौं । गायिका प्राश्ना शाक्यको स्वरमा रहेको गीत ‘प्रियतम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा निर्वाण केरुङको शब्द र संगीत, उदयराज पौडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा मोडल सुदित र श्रीतिकाबीच प्रेम र समर्पण देखाइएको छ ।

गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन र निर्देशन लुःजः सिंहले गरेका हुन् । प्रियतम म्युजिक भिडियो गायिका प्राश्ना शाक्यको युट्युब च्यानलमा हेर्न सकिन्छ ।