अनुरागमा एलिजा–समुन्द्रको साथी कुरा

काठमाडौं । फिल्म ‘अनुराग’को रोमान्टिक गीत ‘यस्तो साथी तिम्रो बन्छु म’ सार्वजनिक भएको छ । फिल्मका निर्देशक सत्यराज एसआरसीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ । गीतमा विक्रम स्वारको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन छ । गीतमा एलिजा गौतम र समुन्द्र पण्डितले फिचरिङ गरेका छन् ।

एरिका फिल्म्स्को व्यानरमा बनेको फिल्ममा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत, कमलकान्त मैनाली, विद्या भट्टराई र दावा लामाको अभिनय छ ।

फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन, रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद छ । पत्रकार ऋषिराज धमला प्रस्तुतकर्ता रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन् । फिल्मका निर्देशक सत्यराज चौलागाई हुन् । यसअघि फिल्मको ‘कान्छा दाई गाना बजाई देउन’ (भिडियो) र ‘तिम्रो स्वरमा स्वर मिलाई’ (लिरिकल) सार्वजनिक भइसकेको छ ।