आज–०८ फाल्गुण २०८२ शुक्रवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
महत्वहीन काममा समय बित्न सक्छ समयको मूल्यलाई बुझौं। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। धार्मिक वा आध्यात्मिक पुस्तकको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफूभन्दा ठूलाप्रति आत्मीय भाग जाग्नेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। आशावादी भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आर्थिक वा व्यावसायिक समस्याको समाधान हुनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग पाइनेछ। समस्या दर्शाउँदा शुभचिन्तकहरुले साथ दिनेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धेरै समयदेखी लम्बिएको काम पूरा हुनेछ। नयाँ कामका विभिन्न अवसरहरू प्राप्त हुनेछन्। आफ्नो क्षमताको प्रदर्शन गर्ने अवसर मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिनको उत्तरार्धमा स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। कार्यक्षेत्रमा निर्णय लिने क्षमतामा कमी आउनेछ। अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मनोरञ्जन संगै धार्मिक कार्यमा रुचि बढ्नेछ। बन्धु बान्धवहरूबाट विशेष सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। शुभकर्म गर्नुभन्दा अघि देवी लक्ष्मीको आराधना गरौं। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। प्रतिक्षित नतिजाको परिणाम हजुरको अनुकूल रहनेछ। शत्रुहरू सक्रिय रहनेछन् सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रिय व्यक्तिहरूसँग भेटघाट हुनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन्। नोकरी वा पेशामा समयमा कार्यसम्पादन गर्नमा सहयोगीहरूको सहयोग पाइनेछ। खानपिनमा विशेष ख्याल राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
व्यापार व्यवसायमा लगानी बढाउने परिस्थिति उत्पन्न होला। अवसरको खोजीमा कडा मेहनत गर्नुपर्ला। आफ्नो कुरालाई स्पष्टताको साथमा राख्न सफल भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सेवामूलक कामबाट लाभ मिल्नेछ। महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। युवा वर्गहरूलाई करियरलाई लिएर चिन्ता रहनेछ। बोली प्रभावशाली रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यक्तित्वलाई निखार्ने समय रहेको छ। प्रतिस्पर्धामा विजय प्राप्त होला। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा लाभ मिल्नेछ। सानो प्रयासले जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।