असहायलाई दिपा समूहको भोजन

काठमाडौं । फिल्म निर्देशक दीपा बस्नेतको संयोजकत्वमा ‘आर्ट अफ गिभिङं दिवस’ मनाइएको छ । दुई फिल्म ‘अन्तराल’ र ‘श्री ५ अम्बरे’को निर्देशन गरेकी बस्नेतले केहि वर्षदेखि सामाजिक कार्य पनि गर्दै आएकी छन् ।

मे १७ आर्ट अफगिभिङ दिवसको अवसर पारेर निर्देशक दिपालगायत विवेक तिवारी, नविना तामाङ, विक्रम ओली, प्रभात रोय, नारद बास्तोला, रामु गैरे, कल्पना गुप्ताले मिलेर सामूहिक रुपमा आफु सक्दो आर्थिक सहयोग जम्मा गरेका थिए ।  जम्मा गरेको रकमले दिब्य सेवा निकेतन (ज्येष्ठ नागरिक आश्रय स्थल) गोल्फुटार, नि ः सहाय सेवा सदन तिनकुनेमा आश्रित १ सय १५ आमाबुबालाई भोजन गराइएको थियो ।

त्यसैगरी चितवनको कान्दामा सञ्चालित कुमार बलराम स्मृती छात्राबासमा रहेका १ सय ६५ बालबालिकालाई एक दिनको खाना उपलब्ध गराइएको थियो भने अनामनगरमा रहेको रुद्रमती प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई एकदिनको लागि दिवा खाजा बाँडिएको थियो ।  विश्वभर आर्ट अफ गिभिगं दिवसको अवसर पारेर करिब १ करोड असहाय गरिब तथा अनाथलाई भोजन उपलब्ध गराइएको आर्ट अफ गिभिङ दर्शनका प्रतिपादक डा. अच्युत सामन्तले बताए ।