काठमाडौं। मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छा मेयाङ्बोले जितेकी छन्। सोमबार अपरान्ह राजधानीको ज्यापु एकेडेमीमा आयोजित कार्यक्रममा शुभेच्छाले ताजसँगै फेसन कलेजमा छात्रवृत्तिलगायत अन्य उपहार प्राप्त गरिन्। हिमालयन मुमिजद्वारा आयोजित कार्यक्रममा फस्ट रनरअपमा सुष्मा कार्की र सेकेण्ड रनरअपमा देवकी कार्की खड्का भइन् ।
विवाहित महिलाहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता श्रृंखलाको छैटौं संस्करण भएको आयोजकले जनाएको छ। करिव डेढ दर्जन प्रतियोगीहरुले तीन सातासम्म फेसन कोरियोग्राफर हिमानी सुब्बाबाट व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, प्रस्तुतीकरण, फोटोसुटलगायतका विषयमा तालिम लिएका थिए।
प्रतियोगितामा वेस्ट ट्यालेन्ट शुभेच्छा मेयाङ्बो, वेस्ट पर्सनालिटी सानी शेर्पा, मोस्ट कन्फिडेन्ट मनु लिम्बु, वेस्ट फोटोजेनिक सुष्मा कार्की, मोस्ट याक्टिभ सम्झना सुनुवार, मोस्ट डिसेन्ट पम्फा नेपाली, मोस्ट डेडीकेटेड निरु लामा, मोस्ट डाइनामिक अमिता अधिकारी, मोस्ट स्मार्ट सुनैना अर्याल, मोस्ट ग्रेसफुल कुमारी खड्का गुरुङ, मोस्ट डिलिजेन्ट देवकी कार्की खड्का, मोस्ट चार्मिङ पुनम थापा पौड्याल, मोस्ट पपुलर सुनैना अर्याल, वेस्ट मल्टिमिडिया सानी शेर्पा, पब्लिक च्वाइस भिडियो सुष्मा कार्की र वेस्ट ड्रेस मनु लिम्बुले जित्न सफल भए।
प्रतियोगिताको निर्णायकमा अभिनेता तथा इभेन्टकर्मी एसराज गराज, फेसन डिजाइनर सुक्निता चौलागाईं, नृत्य प्रशिक्षक राहुल साह, नायिका ऋचा थापा, मिसेस हिमालयन नेपाल २०२५ प्रनिता क्षेत्री र फेसन डिजाइनर तथामिसेस ग्लोबल नेपाल २०२४ की विजेता सुनिता भुजेल रहेका थिए।
आफूभित्र निहीत प्रतिभा प्रस्फुटन गरी आफूलाई हरेक क्षेत्रमा प्रमाणित गर्न विवाहित महिला पनि सक्षम छन् भन्ने सन्देशका साथ कार्यक्रम आयोजना गरिएको इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले जानकारी दिए।




