मिसेस भोग नेपाल ग्राण्डमा नौजना विजेता

काठमाडौं । सगून ज्वेलर्स प्रिजेन्ट्स मिसेज भोग नेपाल सीजन–३ को मंगलवार राति सम्पन्न ग्राण्ड फिनालेमा नौ जना विजेताहरु घोषणा भएका छन् ।

ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्डमा हाउस अफ फेसन नेपालद्वारा आयोजित फिनालेमा २१ जना विवाहित महिला प्रतिस्पर्धिहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रशिक्षणको क्रमदेखि नै सञ्चालन गरिएको मूल्यांकन प्रकृया, प्रि–जजिङ राउण्ड तथा प्रतिस्पर्धिहरुले प्राप्त गरेको प्राप्ताङ्कको आधारमा छ जना विजेता घोषणा गर्ने आयोजक संस्थाको योजना थियो ।

प्रतियोगितामा मिसेस भोग नेपाल ग्राण्ड २०२६ प्रतिक्षा थापा, मिसेस भोग नेपाल यूनिभर्स २०२६ प्राचि तोमर, मिसेस भोग नेपाल वर्ल्ड २०२६ किमी चौलागाई,
मिसेस भोग नेपाल अर्थ २०२६ः कविता ढकाल, मिसेस भोग नेपाल ग्लोबल २०२६ः कोमल नेपाली, मिसेस भोग नेपाल टुरिजम २०२६स् ऋचा रानी राम, क्लासिक मिसेस भोग नेपाल विजेता २०२६, क्लासिक मिसेस भोग नेपाल ग्राण्ड २०२६ः श्रीनु श्रेष्ठ, क्लासिक मिसेस भोग यूनिभर्स २०२६ः ज्योती कुर्मी क्लासिक मिसेस भोग नेपाल यूनिभर्स २०२६ः सम्झना फूयाल भए ।

ग्राण्ड फिनालेका क्रममा प्रतिस्पर्धिहरुले विभिन्न सिक्वेन्सहरुमा र्याम्प वाक गर्दै विभिन्न डिजाइनहरुका सुन्दर, क्लासी तथा इलिगेन्ट पहिरनहरु प्रदर्शन गरेका थिए ।

ग्राण्ड फिनालेमा शोस्टपरको रुपमा एलिजे जमालीले आफ्नो शालिन तथा आत्मविश्वासी वाकमार्फत समारोहलाई थप सुन्दर तथा स्मरणीय बनाएकी थिइन् ।