अठार विधामा हिमालयन म्युजिक अवार्ड

काठमाडौं । राजधानीमा हुन लागेको ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१७’ हुने भएको छ । गत बुधबार रक हाउस रातोपुल काठमाडौंमा हिमालय इन्टरटेनमेन्ट ग्रुपले अवार्ड मनोनयनमा परेका विभिन्न १८ विधाका कलाकारलाई मनोनयन पत्र प्रदान गरियो ।

छनौट भएका कलाकारलाई साधना कला केन्द्रका संस्थापक र निर्देशक एवं नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले प्रमाणपत्र प्रदान गरे । आयोजकका अनुसार अब भोटको आधारमा कलाकारले अवार्ड जित्नेछन् । नोमिनेसनमा परेका कलाकारहरुलाई निर्णायक मण्डलबाट चाँडै भोटिङ कोड उपलब्ध गराउने आयोजकले जनाएको छ । सबै किसिमका गीतसंगीतलाई समेटिएको उक्त अवार्डमा नयाँ तथा पुराना राष्ट्रिय कलाकारहरुले समेत भाग लिएका छन् ।

ग्रेण्ड फिनालमा अवार्ड पाएका कलाकारहरूलाई मलेसियामा हुने सांगीतिक कार्यक्रममा सहभागी गराउने आयोजकले बताए । ७५ प्रतिशत अंक ल्याउने प्रतिस्पर्धीलाई मात्र भोटिङ राउण्डमा समावेश गर्ने आयोजकले जनाएको छ । मलेसियामा व्यवस्थापन मिलाउन कार्यक्रम संयोजक एवं गीतराम रेप्चुङ राई ३ हप्ता अघिदेखि मलेसियामा नै छन् ।

नोमिनेसनमा परेका कलाकारहरु:
चर्चित नेपाली संगीतकारः रमेशराज भट्टराई ,पारशमनि ढुङ्गाना, एन बि थापा
नेपाली पप गायन पुरुषः पालदोर्जे पाख्रीन, सुनिल कटवाल, दिल्पु मोक्तान, भेषराज बस्नेत, कबिन योन्जन, टीका बोम्जन, शानाहाङ लिम्बू, दिपक राई बान्तावा, राजेश राई, देबेश राई, योगेश काजी
नेपाली पप गायन महिला: सरस्वती लामा, प्रशन्न पाण्डे, प्रजिता गेलाल, प्रमिला राई
नेपाली आधुनिक गित गायन पुरुषः रमेश राज भट्टराई, सरोज राई, दिपक बान्तवा राई, गौरब नारायण राई, सिदार्थ घिसिङ, पारसमणि ढुङ्गाना,हिमाल श्रेष्ठ, अनुराग श्रेष्ठ
नेपाली आधुनिक गित महिलाः सरु गौतम,शशी कला मोक्तान,निर्मला घिसिङ र मल्लिका मोक्तान
लोक दोहोरी गायन पुरुषः कृष्ण रेउले,बिमल डागी,दिनेश थापा,देबेश राई,राजेश राई
लोक दोहोरी गायन महिलाः सरिता डागी, रितु लामा
लोक दोहोरी नव गायन पुरुषः सन्दीप ग्याबा तामाङ,एसपिएम धिरज राई, मीनबहादुर तामाङ, प्रेम आले मगर, केबल श्रेष्ठ केशब, राजु चेपाङ, सिताराम परियार, सागार सिजाली मगर, प्रेम राना मगर, कमल साईलो, बुद्धिमान तामाङ, प्रेम बिवस राना, विश्व पासा तामाङ
लोक दोहोरी नव गायन महिलाः कला रोका मगर,पबिता तामाङ,एलिना खनाल,भुमिका गिरी,बसन्ती राई, रितु तामाङ, आरती श्रेष्ठ, सोनिया तामाङ, आशा राई गुरुङ, रुपी सिजाली मगर।
नेपाली गित शब्द रचनाः रमेश राज भट्टराई, कर्म शेर्पा, विशाल लिम्बु, साजन तामाङ, कोकिल मोक्तान ,सन्तोस राई,प्रेम आले मगर ,उत्तम भण्डारी, आमीर लोप्चन, मनिस थापा मगर, सन्दिप स्याम्चेन तामाङ
म्हेन्दोमाया गायन महिलाः शान्ती माम्बा तामाङ, रितु तामाङ, सीता लामा।
म्हेन्दोमाया गायन पुरुषः सुमन घले, शैलाप वाईबा, चिजा लामा, हिदाम तामाङ, विश्वपासा तामाङ ।
तामाङ सेलो गायन पुरुषः सुभास तामाङ ,कोष बोम्जन,जीवन बोम्जन,रमित लामा,प्रयास दोङ, सन्जिब वाईबा ,कृष्ण वाईबा,जेम्स तामाङ,सुदिप घिसिङ
तामाङ सेलो गायन महिलाः शशि कला मोक्तान, जीतु लोप्चन, रेश्मा बोम्जन, निर्मला घिसिङ ,।
नेपाली म्युजिक भिडियो मोडेल पुरुषः दुर्गेश थापा, फुर्वा दोर्जे तामाङ, राजीब बलामी श्रेष्ठ, सोनाम तामाङ, सुजन कोइराला ।
नेपाली म्युजिक भिडियो मोडेल महिलाः रश्मि तामाङ, रिना थापा मगर, दिपाशा बिसी, कल्पना गुरुङ
तामाङ मोडेल पुरुषः शम्भु मोक्तान, खेम मोक्तान,एरिन तामङ।
तामाङ मोडेल महिलाः रश्मि तामाङ, सुस्मा मोक्तान, एन्जिला वाइबा तामाङ , रुपा एस घले तामाङ, मल्लिका थोकर तामाङ, कृन्जेल तामाङ , शलिना तामाङ , दोर्जिमा शेर्पा, अञ्जली घिसिङ तामाङ ।
तामाङ सेलो तथा म्हेन्दोमाया संगीतकारः सन्जीब वाइबा, प्रयास दोङ, शैलाप वाइबा।