रुस्मिता र सुशान्त नेपाल फेशन आइडल

काठमाडौं । रशलाईट मिडियाको आयोजना भएको ‘नेपाल फेशन आइडल २०१७’ को उपाधि रुस्मिता शाही र सुशान्त श्रेष्ठले जितेका छन् । उनीहरुले उपाधिसँगै जनही एक–एक लाख नगद पुरस्कार पाए । शाहीले उपाधिसँगै ‘बेष्ट फिगर’, ‘बेष्ट वाक’को विधागत उपाधि जित्दा सुशान्त ‘बेस्ट फिजिक्स’ बने ।

राजधानीको तिनकुनेमा रहेको रोयल इभेन्टमा शनिबार सम्पन्न उक्त प्रतियोगितामा महिलातर्फ टिछिरिङ शेर्पाले ‘फस्ट रनर्सअप’का साथमा ‘बेस्ट प्रर्फमेन्स’ र पुरुषतर्फ अंकित मानन्धरले ‘फस्ट रनर्सअप’का साथमा ‘मोष्ट कन्फिडेन्ट’को उपाधी जिते । महिलातर्फ सुप्रिना शाक्य ‘सेकेण्ड रनर्सअप’सँगै ‘म्यानेजमेन्ट च्वाइस’ बन्दा पुरुषतर्फ समिप्य श्रेष्ठ ‘सेकेण्ड रनरअप’ सँगै ‘बेस्ट स्टाइलिस’ बने ।

प्रतियोगितामा रोसेनेन शर्मा ‘मष्ट ट्यालेन्ट’, पारस दाहाल र सन्ध्या दिवाली ‘बेस्ट पर्सनालीटी’, पारस दाहाल ‘बेष्ट वाक’, निरनराज गिरी र फुर्लमु शेर्पा ‘म्यानेजमेन्ट च्वाइस’, सुनिल महर्जन ‘फोटोजेनिक’ र पवन महर्जन ‘बेष्ट प्रर्फमेन्स’ बने ।

कोरियोग्राफर, मोडल तथा गायिका रमिता भण्डारी र प्रज्वल शाक्यको कोरियोग्राफी रहेको प्रतियोगिताको इभेन्ट म्यानेजर सुनिल महर्जन थिए । सञ्चारकर्मी तथा कोरियाग्राफर जयन सुब्बा मानन्धर, संगितकार सुरत प्रधान, फेशन डिजाइनर पुनम क्षेत्री, सञ्चारकर्मी निकिता आचार्य र इभेन्ट आयोजक विशाल गुरुङ प्रतियोगितामा निर्णायक थिए ।