जय शम्भु फष्टलुकमा रोमान्स र एक्सन

काठमाडौं । फिल्म ‘जय शम्भु’को फष्टलुक सार्वजनिक भएको छ । भिन्न भिन्न पोष्टरमा फिल्मका प्रमुख कलाकार वर्षा शिवाकोटी, प्रशान्त ताम्राकार र अनुपविक्रम शाही अँटेका छन् । पोष्टरमा वर्षा र अनुपविक्रमको रोमान्ससँगै अनुप र प्रशान्तको आक्रोशलाई पनि देख्न सकिन्छ ।

आगामी भाद्र १ गते देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मलाई राजधानीमा बिके फिल्मस्का गोपालकाजी कायस्थ र काठमाडौंबाहिर एफडी कम्पनीले वितरण गर्नेछ । राजधानीको लागि बिके फिल्मस्सँग पहिलो पटक जयन ईन्टरटेन्मेन्टका जयन श्रेष्ठले पनि सहकार्य गरेका छन् ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्ममा अरविन्द्रमान शाक्य छन् भने चक्र पाख्रिन कार्यकारी निर्माता छन् । रुपेश तामाङले निर्देशन गरेको फिल्ममा कुशल शर्मा र शिक्षा काफ्ले सहनिर्माता छन् । फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य छ ।

फिल्म नेपालसँगै अष्ट्रेलिया, दुबई, थाईल्याण्ड, हङकङलगायतका मुलुकमा पनि प्रदर्शन हुनेछ । फिल्ममा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु राना आदिको अभिनय छ ।