अमेरिका बोइजमा अर्पणको यस्तो नृत्य

काठमाडौं । फिल्म ‘अमेरिका बोइज’ को ‘मेरो ध्यान नै तिमीमा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत जयन जे वाइवा तथा स्वर जयन, रोशन थापा र सुरज शाही ठकुरीको छ । गीतमा फिल्मका प्रमुख तीन कलाकार अर्पण थापा, अभय बराल र आशिष प्रसाईको नृत्य हेर्न सकिन्छ ।

प्रवेश पौडेल निर्देशित फिल्ममा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई, श्रृष्टि कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतको अभिनय रहेको छ ।

सी बर्ड्स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलको लगानी रहेको छ । समिर खरेल कार्यकारी निर्माता रहेको फिल्ममा अनुप थापा, यमुना खरेल र राज केसी पनि सह–निर्माता छन् ।

विवेक पाण्डेको कथा, पटकथा र संवाद रहेको फिल्ममा दिपक आरजे र जयन जे वाईवाको संगीत, सुनिल क्षेत्री, नेपाली ठिटोजको नृत्य, सम्राट बस्नेतको द्वन्द्व र आलोक शुक्लाको छायांकन छ । फिल्म जेठ १८ गते रिलिज हुनेछ ।