कुम्भकरण ट्रेलरमा निशा प्रेम

काठमाडौं । फिल्म ‘कुम्भ करण’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कमेडी र सस्पेन्सलाई प्राथमिकता दीइएको छ । निशा अधिकारी, भोलाराज सापकोटा, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्री, सदभाव थापा अभिनित फिल्म एक स्कुले शिक्षिकाको वरिपरि घुमेको छ ।

आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिलममा चित्रबहादुर घर्ति मगर र क्षितिज बस्नेतको लगानी छ । गिरप्रसाद घर्तिमगर र विजय श्रेष्ठ सह निर्माता रहेको फिल्ममा कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल छन् ।

असार २२ गते रिलिज हुने फिल्ममा महेश दवाडीको कथा र पटकथा र संवाद, हरि घले लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन र गोविन्द मधुर आचार्यको संगीत छ ।