माछा माछा भन्दै सौगात

काठमाडौं । सहरीया जीवनमा अभ्यस्त हुन संघर्षरत तीन युवाको कथा समेटिने फिल्म ‘माछा माछा’ छायांकनमा गएको छ । सुनिल गुरुङको निर्देशनमा बन्ने फिल्मको सोमबार राजधानीस्थित गौरीघाटबाट छायाँकन सुरु भएको हा ।

फिल्ममा सौगात मल्ल, विजय बराल र अनोज पाण्डेको प्रमुख भूमिकामा अभिनय छ । कमेडी जानरामा बन्ने फिल्ममा प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा, कमलमणि नेपाल र पुस्करलगायतको पनि अभिनय छ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा खिचिने फिल्ममा शिवराम श्रेष्ठको छायांकन हुनेछ ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा रामबाबु गुरुङ, मणिराम पोखरेल र ओमचन्द्र रौनियारको लगानी छ । १ महिनाको छायांकन सेड्युल रहेको फिल्म वर्षको पुष र माघको अन्त्यमा रिलिज गरिने योजना छ ।