जेठबाट भदौमा पुग्यो ब्ल्याक

काठमाडौं । यसै साता रिलिजको तयारीमा रहेको फिल्म ‘ब्ल्याक’ नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघबीचको शेयर बाँडफाँडको तनावका कारण भदौमा रिलिज हुने भएको छ । फिल्मको प्रचारप्रसारको तयारी भइरहँदा दुई संघबीचको झगडा र त्यसबीचमा गरिएको सहमतिले प्रचारप्रसारमा असर परेको भन्दै निर्माण युनिटले भदौ १ मा फिल्म रिलिजको घोषणा गरेको हो ।

प्रदिप श्रेष्ठको निर्देशनमा बनेको फिल्म लभस्टोरी जनरामा आधारित छ । फिल्मको गीत ‘पल पल’ले निकै चर्चा पाइरहेको छ । आश्मा पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा आँचल शर्मा र आकाश श्रेष्ठ शीर्ष भूमिकामा छन् ।

फिल्म मौनता श्रेष्ठको कथा, रामजी लामिछानेको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व र रामशरण उप्रेतीको छायांकन छ । फिल्ममा आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको पनि अभिनय छ ।