एक्का तीनमा पुष्प अनुबन्ध

काठमाडौं । आउँदो वर्षको जेठ महिनाबाट फिल्म ‘एक्का तीन’को छायांकन सुरु हुने भएको छ । फिल्मका निर्देशक रुपेश तामाङले धमाधम कलाकार फाइनल भइरहेको र प्रि–प्रोडक्सनको तयारी अन्तिममा पुगेको बताएका छन् ।

यो फिल्ममा नायिका पूजा शर्मा फाइनल भइसकेकी छिन् । फिल्ममा नायक पुष्प खड्काको पनि प्रवेश भएको छ । पुष्पसँग कागजी सम्झौता गर्दै निर्माण टिमले लाइनअप दरिलो बनाएको छ ।

एक्सन जनरामा निर्माण हुने फिल्ममा पुष्पको भूमिकाबारे केही खुलाइएको छैन । फिल्मबाट एक–एक जना नव–नायक र नव–नायिकालाई भित्राउने तयारी पनि गरिएको छ ।

सुमन गजमेरले यो फिल्मको कथा लेखेका हुन् । फिल्म जुना फिल्मस् र अधिरा फिल्मसले निर्माण गर्दैछ । पुष्प र पूजाले फिल्म ‘३६ को आँकडा’मा पनि पर्दा शेयर गरेका छन् ।