काठमाडौं । आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कुम्भ’को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार आरएए डिजिटल नेपालमार्फत गीत रिलिज गरेको हो ।
गीतमा गायक मनिष शाहीको स्वर, फिल्मका लेखक तथा निर्देशक रन्धिर श्रेष्ठको शब्द र डीजे एएनको संगीत रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार अशोक आर्यन र सृष्टि खड्काको रोमान्सलाई देखाइएको छ ।
एक्सन तथा सामाजिक कथावस्तुमा आधारित फिल्ममा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह, सुरेन्द्र ठाकुर, अफ्सना थापा, आरजे सापकोटा, मुन्ना सर्राफ लगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मको लेखन, निर्देशन, छायांकन तथा सम्पादन रन्धिर श्रेष्ठ स्वयंले गरेका हुन् । फिल्ममा सम्राट बस्नेत, प्रदीप खड्का (भारत), सञ्जय थापा र कुमार महर्जनको द्वन्द्व र रोबर्ट सिंहको कोरियोग्राफी छ । फिल्म आरएएस प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।





