आँचलसँग यसरी पल्के पल

काठमाडौ। नायक पल शाह र नायिका आँचल शर्माको दोस्तीबारे प्राय सबैलाई थाहा छ । उनीहरु प्रायः हरेक फिल्ममा दोहोरिन्छन् र भिडियोमा पनि उत्तिकै देखिन्छन् । त्यही दोहो¥याईले पनि उनीहरुको सम्बन्ध के हो भन्ने विषयमा गाईगुँइ हल्ला पनि चल्ने गर्दछ । यही मेसोमा नायक पल आँचलको फूलीमा यतिबेला पल्केका छन् ।

गायक कमल किरणको नयाँ गीत ‘पल्कें’को भिडियोमा पल–आँचल एकसाथ देखिएका छन् । गीतको भिडियोमा आँचलको पछि–पछि पल देखिएका छन् । विकास सुवेदीले निर्देशन गरेको भिडियोमा सुरुमा पलसँग्को झगडा अनि पल आँचलको फूलीमा पल्किएको देखाइएको छ । गीतमा एकनारायण भण्डारीका शब्द र आशिष अबिरलको संगीत छ ।

गीतमा पल र आँचलको साथमा शाइनिङ्ग डान्स क्रुको नृत्य छ भने नृत्य निर्देशन अनुराग ठकुरीको हो । अनिल के मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।