गीत खिच्न सोलुमा यात्रा समूह

काठमाडौं । निर्माताद्वय केशव भट्टराई र सुशिल पोखरेलको सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ को छायांकन बिहीबारबाट शुरु भएको छ । केही समय अघि मुहुर्त गरिएको फिल्मको टाइटल गीतको छायांकन गर्न फिल्म युनिट सोलुखुम्बु गएको छ ।

राजधानीबाटै सुरु गरिने गीतको छायांकन सोलुखुम्बुमा पुगेर सकिनेछ । गीतमा प्रतिक पौडेलको शब्द र संगीत छ भने गायनमा प्रतिकलाई धर्मेन्द्र सेवान र प्रेक्षा बज्राचार्यले साथ दिएका छिन । फिल्म सोलुको जुनबेसी, फाप्लो, सल्लेरी र पताले लगायतका रमणीय स्थानमा तीन साता खिचिनेछ ।

फिल्ममा सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा, मल्लिका महत, जुन झाङ, केन्याका बबी, अंकित संग्रौला र एन्जल राईको अभिनय हुनेछ ।

सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्मले एक युवाको यात्राको कथालाई समेट्नेछ । कोटकी कालिका देवीफिल्म्स र हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् ।