फष्टलुकमा आकर्षक सलोनको बाबुकान्छा

काठमाडौं । आगामी असार २९ लाई रिलिज मिति तोकेको फिल्म ‘बाबु कान्छा’ को फष्टलुक सार्वजनिक भएको छ । फष्टलुकमा फिल्मका प्रमुख कलाकार सलोन बस्नेत, करिश्मा श्रेष्ठ र रितिक शाहीलाई फिचर गरिएको छ ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, रितिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, सुशान्त श्रेष्ठ, विक्रम कँडेललगायतको अभिनय छ । फिल्म अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यु गर्दैछन् ।

पत्रकार रवि अधिकारी कार्यकारी निर्माता फिल्ममा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माता छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी, अस्ट महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत छ ।