काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा १०औँ महाधिवेशनले संघको अध्यक्षमा समिर बलामीलाई पुनः निर्वाचित गरेको छ । अघिल्लो कार्यकालमा पनि समिर नै अध्यक्ष थिए ।
शनिवार राति भएको मतदानमा समिर बलामीले ९५ मत ल्याउँदा उनका निकततम प्रतिस्पर्धि जीवन पराजुलीले ४२ मत पाए । संघको उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा निर्वाचित भएका छन् । रघुनाथले ७३ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धि नविन गिरीले ६२ मत पाएका छन् । उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्ष (महिला) मा दिपज्योती थापा ७५ मतका साथ निर्वाचित हुँदा उनका प्रतिष्पर्धी सुष्मा कार्कीले ६२ मत पाइन् ।
महासचिव पदमा ५४ मतका साथ गोपीकृष्ण चापागाईं निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धि मनिष कार्कीले ४४ मत पाए । महासचिवमा अन्य दुई उम्मेद्वार सीपी जैसीले १९ तथा पवन भट्टराईले १८ मत पाए ।
संघको सचिवमा मदन रिजाल हुँदा उनले ९४ मत पाए भने निकटतम प्रतिस्पर्धि सुरेन्द्र थापा मगरले ४५ मत पाए । सचिव (समावेशी) मा महम्मद जलिम निर्विरोध भए ।
कोषाध्यक्षमा मनिष अञ्जान दाहालले ७४ मत पाउँदा प्रतिस्पर्धि निशा बजगाईँले ६५ मत पाइन् । त्यस्तै सह कोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भए । उनले ६२ मत पाउँदा उनका प्रतिस्पर्धि भोला सुवेदी प्रनपले ४२ मत पाएका छन् ।
सदस्यमा सुशिल नेपाल, सालिकराम न्यौपाने, नबिन चापागाईं, दिपराज क्षेत्री, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा) तथा रतन बहादुर चन्द निर्विरोध निर्वाचित भए ।




