वीराङ्गनामा शिल्पा र अनुपको पुलिस नृत्य

काठमाडौं । आगामी असार २९ मा देशभर रिलिज हुने फिल्म ‘वीराङ्गना’को पहिलो गीत ‘तिमी पुलिस म नि पुलिस’ सार्वजनिक भएको छ । काठमाडौंमा बिहीबार भएको डि सिने अवार्डमा यो गीत सार्वजनिक गरिएको हो

गीतमा अनुपविक्रम शाही र शिल्पा पोखरेलले फिचरिङ गरेका छन् । गीतमा दिपक शर्माको संगीत, सहिमा श्रेष्ठ र योन्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । एक्शन जनराको नारी प्रदान फिल्ममा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ ।

बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् । र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको फिल्ममा शिल्पा र अनुपको अलवा पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटालगायतका कलाकार को अभिनय रहेको छ ।