विनयलाई पल–पल सम्झँदै सृष्टि

काठमाडौं । साउन ११ गतेलाई नयाँ रिलिज मिति तोक्दै फिल्म ‘रोमियो एण्ड मुना’को नयाँ गीत सार्वजनिक भएको छ । गायिका सुक्मित गुरुङको एकताको हिट गीत ‘पल पल’लाई यो फिल्ममा समावेश गरिएको छ । गीतमा संगीत तथा शब्द विश्व शाहीको छ ।  फिल्मका मुख्य दुई पात्र विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिङ भिडियोमा राजीव समर र निर्देशक नरेशकुमार केसीको कोरियोग्राफी छ । गीतको भिएफएक्स आइड्रिम एनिमेशनले गरेको हो । गीतमा शिवराज श्रेष्ठको छायांकन छ ।

कार्यक्रममा गायिका सुक्मित गुरुङलाई फिल्म युनिटले सम्मान गरेको थियो । सुक्मितले आफ्नो पुरानो गीतलाई पुर्नजन्म दिएकोमा फिल्म टिमलाई धन्यवाद दिइन् । त्यस्तै पेन्टर सागर शाह र सन्तोष विष्टलाई सम्मान गरिएको थियो ।

भि मोशन पिक्चर्स र केएस प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको अभिनय छ । निर्देशक नरेश कुमार केसीको पटकथा रहेको फिल्ममा संवाद निरोज महर्जनको छ । फिल्म निर्माणमाविनय र प्रशन्नसँग राम शर्मा र कविन शाक्यले सहकार्य गरेका छन् ।