राम कहानीसँग आउँदै सुश्री सम्पत्ति

काठमाडौं । पत्रकार तथा निर्देशक सुब्रत आचार्यको दोस्रो फिल्म ‘सुश्री सम्पति’ आगामी भदौ २२ मा रिलिज हुने भएको छ । यो मितिमा सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ प्रदर्शन हुँदैछ । फिल्म युनिटले फष्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो ।

पोष्टरमा फिल्मका तिन पात्र सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने देखिएका छन् । फिल्मले आर्थिक रुपले सम्पन्न एक युवतीको कथालाई प्रस्तुत गरेको छ । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारको अभिनय छ । फिल्ममा प्रियंका कार्की विशेष भूमिकामा छिन् ।

फिल्ममा सुरेश अधिकारीको शब्द र संगीत रहने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।