साउन पहिलो साता एभरेष्टको भैरे

काठमाडौ । आगामी साता रिलिजको तयारीमा रहेको फिल्म ‘भैरे’ अब साउन ४ मा मात्र रिलिज हुने भएको छ । अभिनेता दयाहाङ राईको प्रमुख भूमिकामा रहेको फिल्म रिलिजको तयारी भइरहँदा नेपाल चलचित्र निर्माता संघले आन्दोलन आह्वान गरेपछि फिल्मको ट्रेलर रिलिजको पूर्वयोजना स्थगित गरिएको थियो ।

फिल्मका निर्देशक एभरेष्ट सूर्य बोहोराले अन्तिम समयमा निर्माता संघको आन्दोलन सहमतिमा टुंगिएपछि प्रचार–प्रसारको लागि समय अपुग भएकोले मिति सार्नु परेको बताए ।

फिल्ममा सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, बर्षा सिवाकोटी, बुद्दि तामाङ, अर्जुन गुरुङ, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनय छ । फिल्मको निर्मातामा प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सहनिर्माता हुन् ।