रिजु नयाँ मिस नेवा

काठमाडौं । काठमाडौंकी रिजु मानन्धरले आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै १३ औं संस्करणको ‘मिस नेवाः ११३८’ को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमले आयोजना गरेको नेवार समुदायका युवतीहरुको प्रतिष्पर्धामा उनले उपाधिसँगै रिजुले ताज, २० हजार रुपैया“ नगदका साथमा विभिन्न उपहारहरु प्राप्त गरिन् । उनले पब्लिक च्वाइस एवार्डसमेत जितिन् । प्रतियोगितामा डा.सरिसा श्रेष्ठले फस्र्ट रनर्स अप भइन् । उनले उपाधिसँगै नगद १५ हजार रुपैया“ पाइन् । त्यस्तै मतिना मानन्धरले सेकेण्ड रनर्स अपको उपाधि जित्दै १० हजार रुपैया“ पनि पाइन् । मतिनाले मिस पर्सनालिटीको उपाधि समेत जितिन् ।

प्रतियोगितामा सृष्टि शाक्यले पा“च हजार रुपैया“ राशीको मिस ट्यालेन्ट, अञ्जु श्रेष्ठ बेस्ट डे«स र बेस्ट हेयर, सरिना महर्जन उत्कृष्ट नेपाल भाषा, सन्ध्या श्रेष्ठ बेस्ट स्किन, मिलु श्रेष्ठ मिस डिसिप्लिन, बिना महर्जन बेस्ट स्माइल, प्रदीका श्रेष्ठ मिस फ्रेण्डशिप, उस्मी श्रेष्ठ मिस फोटोजेनिक तथा राधा श्रेष्ठ बेस्टवाक बने ।

त्यस्तै पस्मिना शाक्य सोसल वेलफेयर एम्बेसडर चिफ, सरिसा श्रेष्ठ तथा प्रज्ञा श्रेष्ठ सोसल वेलफेयर एम्बेसडरे फस्ट रनर्स अप तथा सेकेण्ड रनर्स अपको उपाधि विजेत ाबने । नेवार समुदायको युवतीहरुलाई नेवारी संस्कृति बारे जागरुक गराउ“दै उनीहरुको प्रतिभा प्रस्तुतिका लागि १३ वर्ष देखि यो प्रतियोगिता गर्दै आएको नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताईन् ।

प्रतियोगिताको निर्णायकमा प्राईम बैंकका उपप्रमुख भाइराजा तुलाधर, व्यबसायी प्रदीपमान प्रधान, बुटिक एसोसिएसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, निर्मल श्रेष्ठ, नेपाल टेलिकमकी उपनिर्देशक रिना डंगोल, पूर्व मिस नेवा योगिता महर्जन लगायत थिए । कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन् ।